Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाकी सुप्रिका गुरुङले फेरी जितिन् तोक्वान्दोमा स्वर्ण पदक

इच्छाकामनाकी सुप्रिका गुरुङले फेरी जितिन् तोक्वान्दोमा स्वर्ण पदक

images
इच्छाकामनाकी सुप्रिका गुरुङले फेरी जितिन् तोक्वान्दोमा स्वर्ण पदक
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन निवासी तेक्वान्दो खेलाडी सुप्रिका गुरुङले तोक्वान्दो प्रतियोगितामा एकपछि अर्को स्वर्ण पदक जितेकी छिन् । केहि महिना अघि मात्रै नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भएको ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला सिनियर ७३ केजीभन्दा माथी समूहमा स्वर्ण पदक जितेकी उनले फेरि अर्को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

414576112_1735130446995770_3830660842426013382_n.jpg

सुप्रिकाले पुस ७ र ८ गते चितवनमा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तोक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् । उनले प्रतियोगिताको क्वाटर फाईनलमा नेपाल आरमि का खेलाडी प्राप्ती सिंह कार्की र सेमि फाईनलमा न्यू कुमरोज डोजाङ का खेलाडी ईशा गुरूङ लाई हराएर स्वर्ण पदक जितेकी हुन् । उनले प्रतियोगितामा ७३ के.जि. महिला समुहमा दिलिप स्मृती तेक्वान्दो डोजाङ काठमाडौंबाट सहभागी भएको उनका बुवा किशोर गुरुङले जानकारी दिए ।

सानै उमेरमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तोक्वान्दो प्रतियोगितामा सहभागी हुदै सुप्रिकाले दर्जनौ पटक पदक जित्नुका साथै अन्य पदकहरु समेत जितिसकेका छन् । 

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - २०:३४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology