काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकभरको तापक्रम ओरोलो लाग्ने क्रममा छ । योसँगै काठमाडौंसहित मुलुभर जाडो बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडीभेगमा भने हल्का हिमपात हुने छ ।
तराईका केहि भागमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु दिउसोपख खुल्दै जाने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकोे छ । उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।