Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

देशभर चिसो बढ्दो क्रममा, सतर्कता अपनाउन मौसम विभागको अनुरोध

देशभर चिसो बढ्दो क्रममा, सतर्कता अपनाउन मौसम विभागको अनुरोध

images
देशभर चिसो बढ्दो क्रममा, सतर्कता अपनाउन मौसम विभागको अनुरोध
images

काठमाडौं । जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घटेर चिसो बढ्दो क्रममा रहेको जनाएको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेपनि देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

महाशाखाले शुक्रबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको हुने सम्भावना रहेकाले तापक्रम हल्का घट्न सक्ने जनाएको छ । महाशाखाका अनुसार पहाडी र तराईका क्षेत्रमा हल्का तापक्रम घट्ने देखिएको छ भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । साथै तराईका क्षेत्रमा हल्कादेखि मध्यम हुस्सु कुहिरो लाग्ने छ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०९:१४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology