कुरिनटार । वागमती प्रदेश सांसद कृष्णप्रासद सिलवालले गुणस्तरीय शिक्षाका लागि प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ ।इच्छाकामना गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रगतिपाठशाला कुरिनटारमा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद सिलवालले सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकहरुलाई शैक्षिक गुणस्तरमा प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो,“सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक तपाइहरु गुणस्तरमा प्रतिष्पर्धा गर्नुहोस् पेशागत संघसंठनमा लागेका शिक्षक साथीहरुले अब एउटा कुरा मात्र ध्यान दिन जरुरी छ, तपाइहरुले संस्थागत विद्यालयहरुले कसरी गुणस्तर कायम गरेको छ,हामी त्याससंग प्रतिष्पर्धामा खरो रुपमा उत्रिन सक्ने गरेर सामुदायिक विद्यालयका शिक्षकहरु केहीमा कमी छैनौँ ,गुणस्तरीय शिक्षाका लागि प्रतिष्पर्धा गर्न तयार छौँ भन्ने मानसिकताका साथ अघि बढ्नुपर्छ,यो इच्छाकामनालाई चेतनाको दियो जगाउनुपर्छ, हामी भौगोलिक दृष्टिकोणले तराइ भन्दा फरक छौँ तर तर शैक्षिक गुणस्तरको दृष्टिकोणले इच्छाकामनालाई सर्वश्रेष्ठ छ भन्ने जागृत गराउनुपर्छ ।”
संस्थागत भन्दा सामुदायिक विद्यालयहरुले योग्य शिक्षक पाएपनि गुणस्तरमा भने आकाश पातालको फरक भएको बताउनुभयो । “सामुदायिक विद्यालयले जती योग्य शिक्षक संस्थागत विद्यालयले पाउन सकेको छैन उहाँले भन्नुभयो–तलब सेवासुविधाका दृष्टिकोणले पनि संस्थागत विद्यालयका शिक्षक भन्दा राम्रो पाएको छ ,त्यस्तै तालिमको दृष्टिकोणले संस्थागतका भन्दा बढी नै तालिमको अवसर पाएको छ ,तर किन गुणस्तरमा पश्न चिन्ह आउँछ, संस्थागत विद्यालय र सामुदायिक विद्यालयले निकालिने आउटपुटमा किन आकाश पातालको फरक छ ? ।”उहाँले नारायणी सामुदायिक विद्यालयको उदाहरण प्रश्तुत गर्दै कुनै बेला सबै भन्दा कमजोर विद्यालय अहिले शैक्षिक धरोहरको रुपमा विकास भइरहेको भन्दै सक्षम नेतृत्व भयो भने सुधार हुन समय नलाग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सर्वशान्ति र प्रगतिपाठशालाको दुबै मैदान प्रयोग गर्ने गरि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।यी दुबै विद्यालय नजिक रहेको र प्रशिक्षकहरुलाई आउन जान सहज हुने भएकाले शिक्षा समितिको बैठकले यहाँ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको बताउनुभयो । संस्थागत र साुमदायिक विद्यालयबिच भेदभाव गर्न आवश्यक नभएको भन्दै एक अर्काबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।
साथै अध्यक्ष गुरुङले खेलकुद शारिरीक सुसंगठितका लागि मात्र नभई उत्साह जगाउन र आफ्नो चौतर्फि विकास लागि टेवा पु¥याउने उदेश्यले सरकारले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । यहाँबाट छनौट भएकाहरुले जिल्ला पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको ११ मध्य १० वटा माध्यामिक विद्यालयहरु सहभागी प्रतियोगितामा करिब ४०० विद्यार्थीहरु विभिन्न खेलहरुमा प्रतिस्पर्धामा सहभागी छन् । प्रतियोगिता भोलीसम्म चल्नेछ ।