Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन गरिँदै

झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन गरिँदै

images
झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन गरिँदै
images

पाँचथर । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन गरिँदैछ । यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ ।

आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार भोलि बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ । गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा एमालेले मध्यपहाडका विविध समस्या पहिचान गरी लाखौं जनतासँग साक्षात्कार गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सञ्चालन गरेको संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरिएको बताएका छन् । यात्राको १७औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित अन्तिम सभा पछि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीले यात्राको क्रममा  स्थानीयसँग कुरा गरेको, स्थानीयकै समस्या बुझेको र उनीहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोजेको उल्लेख गरेका छन् ।

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - ०८:०६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology