कुरिनटार । त्रिशूली बचाउ अभियानले गण्डकी गाउँपालिका वडा नम्बर १ बुट्टारमा निर्माणाधिन १०० मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न माग गरेका छन् । जलयात्रा पर्यटन व्यवसायमा आवद्ध विभिन्न संघ सस्थाहरुले हाइड्रो पावर निर्माण रोक्न दबावका लागि आज ¥याली तथा कोणसभा समेत गरेका छन् ।
उनिहरुले फिस्लिङदेखि बुटारसम्म राफ्टिङ गरि निर्माण स्थल गोरखा गण्डकी १ स्थित बुटारमा कोणसभा सम्पन्न गरेका छन् । राजमार्गमा ¥याली समेत आयोजना गरेका थिए ।जलयात्रा पर्यटनसँग आवद्ध ३ हजार भन्दा बढी श्रमिकहरु तथा उनिहरुको परिवारको जीवनयापन र पर्यटन व्यवसायीहरुको लगानी तथा व्यवसाय संकटमा पर्ने उनिहरुको भनाई छ ।
वातावरणिय प्रभाव मुल्याङ्खनले समेत सो क्षेत्रमा हाइड्रो पावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्न त्रिशुली बचाउ अभियानका संयोजक मेघ आलेले बताए । आयोजनाले विश्वभरमा साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको जनाउँदै जलयात्रा सम्बन्धित व्यवसायहरुलाई असर पर्ने उनले बताए । नेपाल भ्रमण गर्नेहरुको ८० प्रतिशत भन्दा धेरै पर्यटकहरुको नजर पर्ने यस नदीमा हाइड्रो पावर निर्माण हुँदा नेपालको जलयात्रा पर्यटन नै समाप्त हुने उनको भनाई छ ।
कार्यक्रममा नेपाल एशोसियसन अफ राप्टिङ एजेन्सि (नारा) का अध्यक्ष शिव अधिकारी, हिमालयन रिभरगाइड एसोसियसन नेपालका अध्यक्ष निराजन रायमाझीले आफ्ने भनाई राखेका थिए । उनिहरुले यस आयोजनाका कारण पर्यटहरुको रोजाइमा रहेका र अर्बौँ लगानी रहेको होटल रिर्सोट लगायतका पर्यटकीय व्यवसयामा समेत प्रतक्ष्य असर पुग्ने उनिहरुको भनाई छ । लगायत रााफ्टिङ व्यवसायीहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा राफ्टिङ व्यासायी, रिभरगाईड लगायत जलयात्रा पर्यटनमा सम्बन्धित व्यवसायीहरुको उपस्थिति रहेका थिए ।