Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तनहुँ आँबुखैरेनीका संगम मिश्र सेती नदीमा मृत फेला 

तनहुँ आँबुखैरेनीका संगम मिश्र सेती नदीमा मृत फेला 

images

इच्छाकामना न्युज

२८, मंसिर २०८०
तनहुँ आँबुखैरेनीका संगम मिश्र सेती नदीमा मृत फेला 
images

पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेका तनहुँको आँबुखैरेनीका संगम मिश्र सेती पुलमा कपडा छाडेर बेपत्ता भएकोमा आज दिउँसो मृत भेटिएको छ । उनको शव पोखरा ३ नदिपुर नजिकै सेती नदी बीचमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । यस निर्णय प्रभावकारी बनेको कास्की प्रहरी प्रवक्ता एवं डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

तनहुँ आँबुखैरेनी घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका बुवा हरिप्रसाद मिश्र औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।

ड्याम खोल्दा नदीमा पानीको बहाव बढ्ने हुँदा शव तैरन सक्ने सम्भावना भएकाले यो उपाय अपनाइएको थियो ।

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - २०:२८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology