Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको चुम्लिङटारमा रक्सीको नशामा छोराले ढुङ्गा प्रहार गर्दा बाबुको मृत्यु

इच्छाकामनाको चुम्लिङटारमा रक्सीको नशामा छोराले ढुङ्गा प्रहार गर्दा बाबुको मृत्यु

images

इच्छाकामना न्युज

२६, मंसिर २०८०
इच्छाकामनाको चुम्लिङटारमा रक्सीको नशामा छोराले ढुङ्गा प्रहार गर्दा बाबुको मृत्यु
images

चुम्लिङटार । चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको  इच्छाकामना ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका  १९ बर्षिय सुनिल चेपाङले आज दिउँसो  बाबु ३८ बर्षिय रामशरण चेपाङलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।  

ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा  प्राथमिक उपचार गरि थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।

रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउ भनि बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको  स्थानियहरुले बताएका छन् । शबलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।  सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

वडा नम्बर २ काउले  घर भएका  चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा  गरि बस्दै आएका थिए । उनिहरु चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - २२:०३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology