Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी सहित एकैसाथ चार स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन

आँबुखैरेनी सहित एकैसाथ चार स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन

इच्छाकामना न्युज

२५, मंसिर २०८०
आँबुखैरेनी सहित एकैसाथ चार स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन
images

आँबुखैरेनी । ग्लोबल आइएमई बैंकले एकैसाथ चार वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।

images
images

बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-५, चन्द्रागिरी नगरपालिका-१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका-८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका-३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध भएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०८:४९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology