Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घ्याल्चोकको ज्ञानमार्ग माबिले जित्यो

गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घ्याल्चोकको ज्ञानमार्ग माबिले जित्यो

इच्छाकामना न्युज

२४, मंसिर २०८०
गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घ्याल्चोकको ज्ञानमार्ग माबिले जित्यो
images

घ्याल्चोक । गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।   प्रतियोगितको  उपाधि ज्ञानमार्ग माबिले हात पारेको छ । ज्ञानमार्गले ९ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित १४ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

images
images

 दीर्घेश्वर माबिले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित ११ पदकका साथ उपबिजेता बनेको छ भने  यस्तै सुर्योदय माबिले ४ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक प्राप्त गर्दै तेस्रो बनेको छ ।

409473424_324145410408286_5775788074590871566_n1702174056.jpg

 प्रतियोगितामा ४ वटा स्वर्ण र १ रजत पदक विजेता ज्ञानमार्ग माविका मनिष गुरुङ पुरुष तर्फ र महिला तर्फ ३ स्वर्णसहित ज्ञानमार्ग माविकी रन्जिता बिक प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बनेका छन । उनिहरुले जनहि १ र १ लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्डमा भलिबल, एथ्लेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, कबडी छात्र–छात्राबिच प्रतिस्पर्धा भएको थियो । बिजयी तथा उपबिजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले रनिङ शिल्ड तथा मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो । राष्ट्रपति रनिङ शिल्डमा ११ माबिका बिद्यार्थी सहभागी थिए । गण्डकी गाउँपालिका ७ स्थित ज्ञानमार्ग माबिमा गत २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड भएको थियो ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ०९:३९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology