Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा सम्पन्न

images

इच्छाकामना न्युज

२१, मंसिर २०८०
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा सम्पन्न
images

चण्डिभञ्याङ्ग । चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को प्रथम चौमासिकमा प्रवाहको सम्बन्धमा गरिएको सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम बुधबार वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

DSC_2016.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधा दर्जन भन्दा बढि सहभागीले प्रश्न, जिज्ञासा, गुनासा र सल्लाह सुझावहरु राखेका थिए । साथै सहभागीहरुको प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष, दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडाध्यक्ष लक्ष्मण चेपाङ, चण्डीभञ्ज्याङ्ग स्वास्थ्य चौकी प्रमुख तोयानाथ दुवाडी लगायतले दिएका थिए ।

IMG_9820.jpg

यस्तै कार्यक्रममा गाउँपालिकाका योजना शाखा अधिकृत श्याम खनालले गाउँपालिकाले प्रथम चौमासिकमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

IMG_9823.jpg

DSC_2024.jpg

IMG_9819.jpg

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - ०९:०६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology