आँबुखैरेनी । तनुहँमा प्रतिबन्धित लागु औषधसहित चितवनका एक युवक पक्राउ परेका छन् । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा मुग्लिनतर्फबाट आँबुखैरेनी तर्फ पैदल जादैँ गरेको अवस्थामा चितवनको भरतपुर २० बस्ने बर्ष २८ को विजय गुरुङलाई प्ररहीले पक्राउ गरेका हुन् ।
उनको बाट लुकाई छिपाई ल्याएको नियन्त्रित लागु औषध डाइजेपाम,फेनेरागन र नुफिन बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ उनलाई आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरि ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
तस्विर स्रोतः सांकेतिक फाईल तस्विर