Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मकैसिङको कोलडाँडा झगडा प्रकरण : मन्दिप चेपाङले गरे गोरखा प्रहरीमा आत्मासमर्पण

मकैसिङको कोलडाँडा झगडा प्रकरण : मन्दिप चेपाङले गरे गोरखा प्रहरीमा आत्मासमर्पण

इच्छाकामना न्युज

१९, मंसिर २०८०
मकैसिङको कोलडाँडा झगडा प्रकरण : मन्दिप चेपाङले गरे गोरखा प्रहरीमा आत्मासमर्पण
images

गोरखा । गएको मंसिर ७ गते बिहीबार गण्डकी गाँउपालिकाको कोलडाँडामा नाचगानको क्रममा खुकुरी प्रहार गरेर फरार भएका मन्दिप चेपाङले सोमबार गोरखा प्रहरीमा आत्मासमर्पण गरेका छन् ।

images
images
नाचगानका क्रममा एक्कासी गण्डकी गाँउपालिका–१ मकैसिङको कोलडाँडा बस्ने २४ बर्षका सागर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका चेपाङ सोमबार गोरखा प्रहरीमा आएर आत्मासमर्पण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
 
राती ११ बजे भएको उक्त आक्रमणमा सागर गुरुङको टाउको गंभिर चोट लागेको थियो । लगत्तै गुरुङको चितवनमा टाउकोको अप्रेशन गरिएको थियो । सागरलाई हिजो मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको छ । उनका आफन्तका अनुसार सागरलाई घरमा नै राखेर थेरापी गराइने छ । उनको बोली समेत फुटन सकेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीका अनुसार घटनामा संलग्न भएको आरोपमा मंसिर १० गते गण्डकी गाँउपालिका–१ मकैसिङ बुटार बस्ने २६ बर्षिया बिमला चेपाङलाई पक्राउ गरी ११ गते ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दामा गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जनाएको छ ।

त्यस्तैगरी, सोही घटनाका मुख्य आरोपी चेपाङलाई पनि प्रहरीले आज सोही मुद्वामा गोरखा अदालत उपस्थित गराउने र म्याद थप गराएर अनुसन्धान सुरु गर्ने पनि प्रनि अधिकारीले बताए ।

घटना लगत्तै ब्यापक रुपमा खोजी गरेको प्रहरीले उनलाई फेला पार्न नसके पछी उनको ईच्छाकामना गाँउपालिका–३ फिस्लिङ्ग चितवनमा रहेको घरबाट जापान जान भिषा लागेको पासपोर्ट र मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - २१:३३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology