Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सहिद लखनमा ट्याक्टर दुर्घटना हुदाँ गण्डकी गाउँपालिका पदम थापाको मृत्यु, २ जना घाइते

सहिद लखनमा ट्याक्टर दुर्घटना हुदाँ गण्डकी गाउँपालिका पदम थापाको मृत्यु, २ जना घाइते

इच्छाकामना न्युज

१६, मंसिर २०८०
सहिद लखनमा ट्याक्टर दुर्घटना हुदाँ गण्डकी गाउँपालिका पदम थापाको मृत्यु, २ जना घाइते

सहिद लखन गाउँपालिका वडा नं. ३ मा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । शनिबार बिहान साँढे १० बजेतिर सिलिङबाट ढुंगा बोकेर मझुवादेउरालीतर्फ गइरहेको ध १ त १२५ नम्बरको ट्याक्टर नाम्जुङ भन्ने ठाउँमा सडकबाट करिब सयमिटर तल भीरमा खस्दा त्यसमा सवार पदम थापाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

images

चितवन मेडिकल कलेजमा उपचार गराउँदै गर्दा उनको मृत्यू भएको हो । मृतक २९ बर्षका थापा गण्डकी गाउँपालिका ३ निबासी हुन् ।

ट्याक्टरमा तीनजना सवार थिए । सोही र्दुघटनामा परेका सहिदलखन गाउँपालिका ३ का २६ बर्षीय रामबहादुर आले र आँबुखैरेनी गाउँपालिका ३ का २५ बर्षका प्रदीप अर्याल घाइते छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक गोरखा नगरपालिका १३ का बिश्वास गुरुङलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - २०:०३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology