Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आज विश्व एड्स दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइदै

आज विश्व एड्स दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइदै

इच्छाकामना न्युज

१५, मंसिर २०८०
आज विश्व एड्स दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइदैछ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मूल नारासहित देशभर विश्व एड्स दिवस मनाउन लागिएको हो ।

images

प्रत्येक वर्ष डिसेम्बर १ का दिन विश्वभर विश्व एड्स दिवस यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउदै छ ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेको थियो । नेपालमा १९८८ मा पहिलो एड्सको संक्रमण देखिएको थियो । सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ ।

विश्वभर एड्स सङ्क्रमणबाट ४ करोड ४ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेको तथ्याङकले देखाएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - ०९:३९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology