Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज गुरु नानक जन्मजयन्ती, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आज गुरु नानक जन्मजयन्ती, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

images

इच्छाकामना न्युज

११, मंसिर २०८०
आज गुरु नानक जन्मजयन्ती, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
images

काठमाडौं । शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज (सोमबार) मनाइँदैछ । कार्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइन्छ ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि कार्यक्रम हुनेछ । गुरु नानकको जन्म वि.सं.१५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।

गुरु नानक​ले जातिवाद अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् गरेको बताइन्छ । उनले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावअन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले विना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए। उनको ‘गुरु ग्रन्थ साहेब’ प्रख्यात छ ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताउनु भएको छ ।

साथै सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

 

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - ०८:३२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology