Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास,यसरी गरियो उद्धार

मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास,यसरी गरियो उद्धार

images

इच्छाकामना न्युज

१०, मंसिर २०८०
मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास,यसरी गरियो उद्धार
images

काठमाडौं । मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ। मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको ती युवकले फेसबुक लाइभमा बताएका थिए। उनले आत्महत्याको प्रयास गर्दै गर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो।

उनले २ वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको लाइभमा बताएका थिए। अहिलेसम्म ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि १० गते (आज) सम्म २८ हजार रुपैयाँ नबुझाए बाइक पनि लैजाने र घर पनि लिलाम गर्ने धम्की मोरङ अटो वर्क्सले दिएको उनले लाइभमा बताएका थिए।काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले आत्महत्या गर्नै लाग्दा उनलाई ताहाचलबाट जीवितै उद्धार गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

images
प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १०:१७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology