Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजावादीहरुले झापामा शक्ति प्रदर्शन गर्दै, ज्ञानेन्द्र शाह पनि सहभागी हुने

राजावादीहरुले झापामा शक्ति प्रदर्शन गर्दै, ज्ञानेन्द्र शाह पनि सहभागी हुने

images

इच्छाकामना न्युज

९, मंसिर २०८०
राजावादीहरुले झापामा शक्ति प्रदर्शन गर्दै, ज्ञानेन्द्र शाह पनि सहभागी हुने
images

काठमाडौं । राजावादीहरुले आज (शुनिबार) झापामा ‘शक्ति’ प्रदर्शन गर्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको शक्ति प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुने बताइएको छ। 

पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो। ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा परिणत गरेको हो। 

पूर्वराजा शाह शुक्रबार अपराह्न नै झापा पुगिसकेका छन्। उनले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्‌घाटन र कलेज क्षेत्रमा नै निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन्। 

उनलाई शनिबार मोटरसाइकल र्‍यालीमार्फत् बिर्तामोड पुर्‍याउने कार्यक्रम छ। मोटरसाइकल र्‍यालीमा राप्रपाका ५ हजार बढी कार्यकर्ता सहभागी हुने बताइएको छ। 

पूर्वाराजा शाह समेतको उपस्थितिमा हुने शक्ति प्रदर्शनको व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामा नै बसिरहेका छन्। 

राजतन्त्र फर्काउने मागसहित मेडिकल व्यवसायी दुर्गा प्रसाई भने काठमाडौं केन्द्रित ‘आन्दोलन’मा सहभागी छन्। प्रसाई केही दिन अगाडि झापाबाट काठमाडौं आएका थिए।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:२९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology