Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बंगलामुखी मन्दिरमा 'फर्की–फर्की’को शुभमूहुर्त, छायाङ्कन भने बालीमा हुने

बंगलामुखी मन्दिरमा 'फर्की–फर्की’को शुभमूहुर्त, छायाङ्कन भने बालीमा हुने

इच्छाकामना न्युज

९, मंसिर २०८०
बंगलामुखी मन्दिरमा 'फर्की–फर्की’को शुभमूहुर्त, छायाङ्कन भने बालीमा हुने
images

ललितपुर । ललितपुरको बंगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मूहुर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो ।

images
images

“चलचित्र प्रेम–कथानक भए पनि अघिल्लाभन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको छ”, अभिनेता केसीले भने ।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए । उनले भने, “युवापुस्ताले खोजिरहेको विषयमा उहाँहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।”

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछ भने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठकाे सम्पादन हुने बताइएकाे छ । चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:२३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology