Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन पारि त्रिवेणी मेलाको तयारी पूरा, आज बेलुका लाग्ने

मुग्लिन पारि त्रिवेणी मेलाको तयारी पूरा, आज बेलुका लाग्ने

चर्चित कलाकार पृथ्वी गुरुङ, चन्द्र परियार, श्याम राना, निर्जला गुरुङ लगायतको प्रस्तुती रहने

images

इच्छाकामना न्युज

६, मंसिर २०८०
मुग्लिन पारि त्रिवेणी मेलाको तयारी पूरा, आज बेलुका लाग्ने
images

मुग्लिन । गोरखाको  सहिद लखन गाउँपालिका ३ स्थित  त्रिवेणी भगवतीमाई मन्दिरको प्रांगणमा आज साँझ देखि हरिबोधनी ठूलो एकादशी त्रिवेणी मेला लाग्ने भएको छ ।  मेलाको  सम्पूर्ण तयारी पुरा भएको आयोजक कालिका युवा क्लब निभारेका अध्यक्ष बाबु गुरुङले जानकारी दिनुभयो । 

मेलामा  चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ श्याम राना, निर्जला गुरुङ सुजन गुरुङ लगायतको राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  

मेला बुधबार साँझ देखी सुरु भई रातभार लाग्ने छ । बिहिबार विहान पुजा आजासगैँ  समापन हुने छ ।  हरेक बर्ष ठूलो एकादशीको अवसर पारेर यहाँ भव्य मेला लाग्दै आएको छ ।

मनकामना देवीको सात दिदी बहिनी मध्ये त्रिवेणी भवगती कान्छी बहिनी रहेको किंवदन्ती रहेको छ  त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात् मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक परम्परा रहिआएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - ०९:१२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology