Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको दाबी

७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको दाबी

images

इच्छाकामना न्युज

२, मंसिर २०८०
७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको दाबी
images

काठमाडौं । नेपाली पुरुषमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको  छ ।

नेपालमा मदिरा मात्रै होइन सुर्तीजन्य पदार्थको प्रयोग पनि पुरुषहरूले ज्यादा गर्ने गरेका पाइएको छ । अध्ययनको नतिजा अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्छन् भने सोही उमेर समूहका २८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।

‘सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरू मध्ये १७ प्रतिशतले दैनिक धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाँही गर्छन्, अध्ययन प्रतिवेदनमा भनिएको छ, दैनिक चुरोट पिउनेमध्ये ५४ प्रतिशत पुरुषले ५ वटाभन्दा कम, २५ प्रतिशतले ५ देखि ९ र २१ प्रतिशतले दिनमा १० वटा वा सो भन्दा बढी चुरोट पिउने गर्छन् ।

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - ०९:३०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology