आँबुखैरेनी । अवैध लागुऔषध ओसारपसार गरेको आरोपमा भारतीय नागरिक सहित ५ जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी अन्तर्गत अस्थायी प्रहरी पोष्ट पुलजीपले आँबुखैरेनी ४ बेनिटारबाट पक्राउ गरेको छ । नियमित प्रहरी चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध सहित बुधबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा भारत मोतिहारी जिल्ला पुर्वी चम्पारण घर बताउने बर्ष १८ को क्यामुदिन अन्सारी, राष्ट्र भारत मोतिहारी जिल्ला कटहनौनापुर ग्राम पन्चायत घर बताउने बर्ष ६० की मुस्ताफा खातुन र सोही स्थानमा घर बताउने बर्ष १८ को निराले आलम रहेका छन् । मुग्लिङ तर्फबाट आँबुखैरेनीतर्फ आउदै गरेको ग १ ख ९६८४ नम्बर को यात्रुवाहक बस रोकीचेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले डाइजापाम लेखेको सिसि ७३ एम्पुल, फेनेरागन लेखेको सिसि ७३ थान एम्पुल र नुरफिन लेखेको सिसि ७३ एम्पुल गरी जम्मा २१९ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ ।
यस्तै प्रहरीले बुधबार नै बिरगंजबाट पोखरा तर्फ जान आउदै गरेको बा प्र ०३ ००१ ख २३१५ नं. को यात्रुबाहक बसमा सवार जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं. १ गमरिया बस्ने बर्ष १८ को अशोक यादव र सोही स्थान बस्ने बर्ष १८ को राकेश यादवलाई पनि अवैध लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले नाइट्राभेट लेखिएको ६०० वटा ट्यावलेट बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई जिल्ला अदालत तनहुँबाट १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।