Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

शिक्षा दिवसमा इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट, विधालय, प्रअ, शिक्षक, विधार्थी तथा विव्यस अध्यक्ष सम्मानित

शिक्षा दिवसमा इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट, विधालय, प्रअ, शिक्षक, विधार्थी तथा विव्यस अध्यक्ष सम्मानित

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८०
शिक्षा दिवसमा इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट, विधालय, प्रअ, शिक्षक, विधार्थी तथा विव्यस अध्यक्ष सम्मानित
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, विद्यालय र विधालय ब्यबस्थापन समितिलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, प्रधानाध्यापक, शिक्षक विद्यालय र विधालय ब्यबस्थापन समितिका अध्यक्षलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

इच्छाकामना गाउँपालिकाको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, शिक्षा सेवा समाजका अध्यक्ष लोकनाथ पौड्याल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, शिक्षा बिज्ञ रमाकान्त सापकोटा, वडा अध्यक्ष रुद्रप्रसाद उप्रेती लगायत उपस्थित रहेका थिए।

385524873_293415786851023_468435363871950759_n.jpg

उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा सामुदायिक विद्यालय तर्सफ एइईमा उत्कृष्ट हुने सर्वशान्ति माध्यमिक विद्यालयका अंकित थापा र संस्थागत विद्यालय तर्फ प्रगति पाठशालाका सविन त्रिपाठीलाई जनही ३ हजार सहित नगद प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

आधारभूत तह कक्षा ८ मा सामुदायिक तर्फ उत्कृष्ट हुने रानी खोला माध्यमिक विद्यालयका छात्र तर्फ सुमन चेपाङ र छात्रातर्फ त्रिवेणी बराह माविका सुनिमाया आले नगद ३ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

IMG_20231105_112111-1536x1536.jpg

त्यसैगरि आधारभूत तह कक्षा ८ मा संस्थागत तर्फ उत्कृष्ट हुने मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुल मुग्लिनकी छात्रा प्रशंसा सिलवाल र छात्र तर्फ प्रगति पाठशालाका रायन श्रेष्ठ नगद ३ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

गाउँपालिकाले आधारभूत तह कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विषयगत शिक्षकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुने शिक्षकहरूमा सर्वशान्ति माविका दुर्गादेवी त्रिपाठी र रानाखोला माविका राजेश वरुन नगद ५ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

IMG_20231105_112907-1024x1024.jpg

गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट हुने सामुदायिक विधालय तर्फ देउराली आधारभूत विधालय र संस्थागत तर्फ मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिन तथा एसईइको नतिजाको आधारमा सामुदायक विधालय तर्फ सर्वशान्ति मावि तथा र संस्थागत तर्फ प्रगति पाठशाला प्रमाणपत्र सहित सम्मानित भएको छ।

गाउँपालिकाले उत्कृष्ट हुने प्रधानाध्यापकमा देउराली आधारभूत बिधालयकी ज्ञान कुमारी गुरुङ र जनता आधारभुत विधालयका श्याम बहादुर गुरुङ्ग नगद र प्रमाणपत्र सहित सम्मानित भएको छ।

FB_IMG_1699197515451-1024x768.jpg

त्यसैगरि उत्कृष्ट विधालय ब्यबस्थापन समितिको अध्यक्षमा सर्वशान्ति माविका वासुदेव सिलवाल र राष्ट्रिय आधारभुत बिधालयका रुद्र गुरुङ प्रमाणपत्र सहित सम्मानित भएको छ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०९:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology