Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिनको मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न

मुग्लिनको मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८०
मुग्लिनको मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उनले सहकारीलाई उत्पादनमा जोड दिनुपर्ने बताए।

FB_IMG_1699108595028.jpg

त्यसैगरी मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले उज्यालो इच्छाकामनामा गरेको योगदानको चर्चा गर्दै संस्थाको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश का प्रदेश सांसद कृष्णप्रसाद सिलवाल , इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल एवं अतिथिका रूपमा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु रहेका थिए ‌।

संस्थाकी सचिव ज्ञानु पाण्डेले सहकारी संस्थाको प्रतिवेदन तथा कोषाध्यक्ष राधा कंडेलले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ‌।

FB_IMG_1699108311409-1.jpg

आर्थिक वर्ष २०७९/०८० मा संस्थाको सेयर पुँजी ३ करोड ३ ८६ लाख ५९ हजार ८ सय रहेको छ । संस्थाका एक हजार ९ सय ९ जना सदस्य आवद्ध भएका छन् । यस अवधिमा संस्थाको जगेडा कोषमा ४ करोड ९० लाख १४ हजार १ सय ७२ रुपैयाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

त्यस्तै संस्थाले २९ करोड ५३ लाख ४२ हजार ५ सय २९ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति ३५ करोड ८८ लाख ११ हजार ४ सय २१ रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका ब्यबस्थापक कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थामा आबद्ध उत्कृष्ट महिला समुह, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं संस्थाका पुर्व कर्मचारीलाई विदाई गरेको थियो।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:२२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology