Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

डोटीमा जीप दुर्घटना : ४ को मृत्यु, ६ घाइते

डोटीमा जीप दुर्घटना : ४ को मृत्यु, ६ घाइते

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८०
डोटीमा जीप दुर्घटना : ४ को मृत्यु, ६ घाइते
images

काठमाडौं। डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले जानकारी दिए। उनका अनुसार ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जिप खोलामा रहेको र उद्दारमा कठिनाइ भएको उनले बताए।

दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:१७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology