Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्वकप छनोटका लागि युएईसँग खेल्दै नेपाल

विश्वकप छनोटका लागि युएईसँग खेल्दै नेपाल

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८०
विश्वकप छनोटका लागि युएईसँग खेल्दै नेपाल
images

काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटको सेमिफाइनलमा नेपालले यूएईको सामना गर्ने भएको छ।

शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित मूलपानी मैदानमा नेपाल र यूएईबीच खेल हुन लागेको हो।

यो खेलको विजेतालाई फाइनल प्रवेशका साथै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। त्यसैले यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।

नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर यही खेलमा विजयको नतिजाले दिलाउने भएकाले उसका लागि अझ बढी महत्वपूर्ण छ।

नेपाल र युएईबीच टी-२० शृंखलाका ८ खेल भएका छन्। यीमध्ये दुवै टोलीले चारचार खेलमा विजयको नतिजा निकालेका छन्।

प्रतियोगिताकै अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा बहराइन र ओमानबीच हुँदैछ।

समूह चरणमा नेपालले सिंगापुर र मलेसियालाई हराएको थियो। तर अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो।

नेपालको सुरुवाती र मध्यक्रमको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले ओमानसँग हार ब्यहोरेको थियो।

ओमानविरुद्धको खेलमा नयाँ ब्याटरको रुपमा विवेक यादव चलेका थिए। उनले २४ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेले। आउट हुनुअघि तीन बलमा ३ छक्का प्रहार गरेका थिए। अन्तिम दुई बलमा नेपाल ७ रन बटुल्न नसक्दा नेपाल पराजित बनेको थियो।

ओमानविरुद्ध गरेको गल्ती सुधार गर्दै यूएईलाई हराएर फाइनल पुग्न सकिनेमा प्रशिक्षक मोन्टी देसाई आत्मविश्वासी छन्।

विश्वकप छनोटको निर्णायक तथा महत्वपुर्ण खेल भएकाले नेपाल र यूएई दुवै टिममाथि दबाब छ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०८:४१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology