आँबुखैरेनी । काठमाण्डौबाट मोटरसाईकल चोरी गरी फरार १ जनालाई मोटरसाइकल सहित आँबुखैरेनी गाउँपालिकाको बेनिटार प्रहरी चेकपोष्टले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तीपुर घर हुने वर्ष ३५ को अनुकेश कुमार चौधरी रहेका छन्।
वास्तविक नम्बर बा.प्र. ०२ ०४१ प २३२९ लाई परिवर्तन गरि बा. प्र. ०२ ०४२ प ६७१९ बनाएको रातो पल्सर मोटरसाइकल मुग्लिन देखि आँबुखैरेनी चलाई गइरहेको अवस्थामा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.४ बेनिटार स्थित रहेको चेकपोष्टमा सवारी चेक जाँचको क्रममा मोटरसाइकल सहित चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।
उक्त मोटरसाइकल मंगलबार काठमाण्डौको किर्तिपुर नगरपालिका वडा नं. १० स्थित रहेको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टि २० विश्वकप छनोट खेल हेर्न गएका बिधान श्रेष्ठले मैदानको सार्वजनिक पार्किङ स्थानमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो।
पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुर, काठमाण्डौ पठाईएको इप्रका कार्यालय आँबुखैरेनीले जनाएको छ।