चण्डिभञ्ज्याङ्ग । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा स्थापित पाङगडे प्हतुस गुरुङ भाइखलकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ ।
उक्त संस्थाको सोमबार इच्छाकामना ६ सोरबिसौनामा सम्पन्न बैठकमा इच्छाकामना गाउँपालिका वडा नं. ७ निवासी मृगौला पिडित बिरामी चन्द्र बहादुर प्हतुस गुरुङलाई नगद ३ हजार ५ सय रुपैयाँ सहयाग गरिएको हो ।
साथै पिडितलाई सहयाग गर्नै सबैलाई पाङगडे प्हतुस गुरुङ भाइखलकले अपिल पनि गरेको छ ।
