Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फूल खेतीबाट पढाइ खर्चको जोहो गर्दै आँबुखैरेनी स्थित मित्रता मावि सत्रसयका विद्यार्थीहरु

फूल खेतीबाट पढाइ खर्चको जोहो गर्दै आँबुखैरेनी स्थित मित्रता मावि सत्रसयका विद्यार्थीहरु

पत्रपत्रिका

१४, कार्तिक २०८०
फूल खेतीबाट पढाइ खर्चको जोहो गर्दै आँबुखैरेनी स्थित मित्रता मावि सत्रसयका विद्यार्थीहरु
images

तनहुँ। तनहुँको एक विद्यालयले विद्यार्थीलाई पढ्ने कार्यसँगै कमाउने अवसर दिएको छ । यसले गर्दा विद्यार्थीले आफ्नो पढाइ खर्च आफैले जुटाउने अवसर पाएका छन् । 

images
images

आँबुखैरेनी गाउँपालिका –१ सत्रसयस्थित मित्रता माध्यामिक विद्यालमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले पढाइ खर्च आफैले जुटाएका हुन् । सो विद्यालयमा प्राविधिक धारअन्तर्गत डिप्लोमा इन एग्रिकल्चरमा अध्यरत विद्यार्थी पूmल बेचेर आम्दानी लिन थालेका छन् । 

विद्यालयले विद्यार्थीलाई आयआर्जन र सीप दिन कृषि फर्म सञ्चालन गरेपछि पढाइसँगै कृषिमा आबद्ध भएका हुन् । विद्यार्थीले आम्दानीका अतिरिक्त विद्यालयमा सिकेको आधुनिक कृषि सीपलाई घर तथा समाजमा पनि सिकाउन सकुन् भनेर कृषि फर्म सञ्चालन गरिएको विद्यालयका कृषि संयोजक तथा शिक्षक सुजन लामिछानेले जानकारी दिनुभयो । 

विद्यालयमा सिकेको कृषिको आधुनिक सीप घरमा पनि सिकाइरहेकाले हाल घरमा पनि सुरु गरिएको व्यावसायिक कृषि फर्मले उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । ४० जना विद्यार्थी कृषिमा आबद्ध भएका छन् भने अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरित गरिरहेको शिक्षक लामिछानेले बताउनुभयो । 

आठ रोपनीमा सयपत्री फूल खेती र दुई रोपनीमा गोलभेडा खेती भइरहेको लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार फूलको प्रतिमाला एकसय  र प्रतिकिलो ३५० रुपियाँमा बिक्री भइरहेको छ । फूल बिक्रीबाट पाँच लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । तिहारको समय भएको अन्य थोकमा लैजानेको लागि सस्तोमा प्रदान गरिने भएकाले बिक्री हुने अपेक्षा लिएको छ । 

सजिलै काम सिक्न र अनुभव बटुल्न उत्प्रेरित भएका विद्यार्थीलाई सिकाउन र उद्यमी बनाउन विद्यालय लागिपरेको छ । दिनहुँजसो उनीहरू सैद्धान्तिक सिकाइलाई व्यवहारमा उतार्न कृषि कर्म गरिरहेको शिक्षक कमल सापकोटाले जानकारी दिनुभयो । फर्ममा विद्यालयले लगानी गरेता पनि मुनाफा भने विद्यार्थीले पाउनेगरेका छन् । यसरी  उनीहरूको पढाइ खर्चमा राहत  हुने भएसँगै  कृषि कर्मतर्फ हौसिएको शिक्षक सापकोटाले बताउनुभयो ।  

फर्ममा बिद्यालयले लगानी गरेता पनि मुनाफा भने विद्यार्थीले पाउनेगरेका छन् । पूmलखेती सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत तीन लाख रुपियाँ कोष स्थापना गर्न रकम प्रदान गरेको विद्यालयले जनाएको छ । 

शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालयलाई रकम सहयोग गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, ‘शिक्षालाई व्यावहारिक बनाउन पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादनगरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्न फर्म सञ्चालन गर्न रकम प्रदान गरेका हौं ।’ 

यस क्षेत्रमा मूख्यगरी कृषि व्यवसाय नै आम्दानीको मूख्य स्रोत भएकाले डिप्लोमा इन एग्रिकल्चर सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार प्राविधिक धारमा तनहुँका अतिरित्त गोरखा, लमजुङ र सुर्खेतका विद्यार्थी अध्ययन गर्छन् ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:२२:४९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology