Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दै शान्ति समाजद्वारा संसद भवनमा प्रदर्शन

मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दै शान्ति समाजद्वारा संसद भवनमा प्रदर्शन

समाजका चितवन शाखा सभापति शम्भु राउत सहित २७ जना गिरफ्तार

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८०
मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दै शान्ति समाजद्वारा संसद भवनमा प्रदर्शन
images

काठमाण्डौ । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाई संसदको गरिमा जोगाउन आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । आज दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि नयाँ बानेश्वरमा समाजले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेपाल सरकारः हिंसालाई महिमा मण्डन गर्ने काम बन्द गर्न, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको हो । 

दिउँसो १ बजे प्रशर्दन सुरु हुने कार्यक्रम रहेको तर १० मिनेट अगावै जम्मा हुने क्रममा प्रहरीले समाजका चितवन शाखा सभापति शम्भु राउत सहित २ दर्जन भन्दा बढि अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरु कल्याण बुढाथोकी (द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष), जगन्नाथ पुडासैनी, विकास थापा, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, सुन्दरराज पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, तुलसीराम भण्डारी,  दुर्गा सापकोटा, नानीकाजी प्याकुरेल, वुद्ध रिसाल, नवराज चापागाई, भोलानाथ चालीसे, शिवकुमार बुढाथोकीसहित २७ जनालाई गिरफ्तार गरि बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ, MAOIST USED CHILDREN AS  SOLDIERS- THAT WAS A WAR CRIME, GOVERNMENT OF NEPAL : STOP GLORIFYING  VIOLENCE, REVOKE DECISION TO GIVE A PUBLIC HOLIDAY ON FALGUN 1, PUNISH THE PERPETRATORS AND ENSURE JUSTICE TO CONFLICT VICTIMS, ENACT HUMAN RIGHTS FRIENDLY ACT-SAVE PARLIAMENT'S DIGNITY लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति  व्यक्त गर्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ । 

यसैगरी शान्ति समाज दाङ शाखाले यसै विषयमा केन्द्रीय रहि कार्तिक १२ गते तुलसीपुरमा प्रदर्शन गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १५:५७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology