Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आवश्यकता हुँदा प्रतिबन्ध लगाएको भारतले नेपाललाई ९५ हजार टन गैर बासमती चामल दिने

आवश्यकता हुँदा प्रतिबन्ध लगाएको भारतले नेपाललाई ९५ हजार टन गैर बासमती चामल दिने

images

इच्छाकामना न्युज

९, कार्तिक २०८०
आवश्यकता हुँदा प्रतिबन्ध लगाएको भारतले नेपाललाई ९५ हजार टन गैर बासमती चामल दिने
images

काठमाडौं । भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमती वर्गको अरुवा चामल (नन् बासमती ह्वाइट राइस) दिने भएको छ। भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको जनाएको छ।

नेपाललाई चामलको आवश्यक हुने समयमा निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपालमा पर्याप्त मौज्दात रहदा यस्तो घोषणा गरेको हो। 

चामल सहयोग पाउनेमा  नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स लगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र पठाएको छैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताए। 

उनका अनुसार अहिले नेपाललाई गैर बासमती अरुवा चामल आवश्यक पर्दैन। अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नभएको उनको भनाइ छ। 

नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने मन्त्रालयको दाबी छ। 

भारतले सन् २०२३ मा नेपाललाई ६ लाख टन धान आयात गर्न पाउने गरी कोटा दिएको थियो। झापा, मोरङका किसानले धान बिक्री नभएको भन्दै सरकारलाई गुनासो गरिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०८:१३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology