Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

त्रिदेशीय टी-२० शृङ्खला : क्रिकेट फाइनल प्रवेशका लागि मुलपानीमा हङकङ र यूएई प्रतिस्पर्धा गर्दै

त्रिदेशीय टी-२० शृङ्खला : क्रिकेट फाइनल प्रवेशका लागि मुलपानीमा हङकङ र यूएई प्रतिस्पर्धा गर्दै

images

इच्छाकामना न्युज

८, कार्तिक २०८०
त्रिदेशीय टी-२० शृङ्खला : क्रिकेट फाइनल प्रवेशका लागि मुलपानीमा हङकङ र यूएई प्रतिस्पर्धा गर्दै
images

काठमाण्डौ । त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नका लागि आज हङकङ र यूएई भिड्दै छन्।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ। यूएईले एक खले जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।

हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।

फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणका खेल भने मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

नेपालले आईसीसी टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटका तयारीका रुपमा त्रिदेशीय शृङ्खला खेलिरहेका छ। यस लगत्तै कात्तिक १३ बाट टी-२० विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - ०८:००:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology