भालुमारा । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित भालुमारामा दाहाखानी युवा क्लबद्वारा आयोजित दोस्रो वडाध्यक्ष कप ९ ए साइड खुल्ला नकआउट फूटबल प्रतियोगितामा हाईलाइट युवा क्लव रत्ननगर विजयी भएको छ । शुक्रबार भएको फाइनल खेलमा हाईलाईट युवा क्लब रत्ननगरले इन्द्रटोल सिद्धिपुरलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

उपाधि हात पारेसँगै हाईलाईट युवा क्लबले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै द्वितीय हुने इन्द्रटोल सिद्धिपुरले नगद २७ हजार ७ सय ७७ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा इच्छाकामना ७ का वडाध्यक्ष बम बहादुर थापाले खेलाडीहरूलाई ससम्मान सहित पुरस्कार वितरण गर्नुभएको थियो।