चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित दाहाखानी नयाँगाउँका एक अशक्त परिवारलाई समाजसेवी पूर्णीमाया गुरुङले दशैं मान्न आर्थिक सहयोग गरेका छन् । तमू प्ये ल्हु संघ चितवनको रोहवरमा उनले अशक्त परिवारलाई नगद १० हजार दशैं मान्नका लागि सहयोग प्रदान गरेकी हुन् ।
तमू प्ये ल्हु संघ चितवन महिला जिल्ला कार्यसमितिका उपाध्यक्ष समेत रहेकी समाजसेवी गुरुङले करिब ४ वर्षअघि रुखबाट खसेर ढाँड भाच्चिएका अशक्त पदम बहादुर गुरुङको परिवारलाई दशैं मान्नका लागि पिडितका श्रीमती मनमाया गुरुङलाई आर्थिक सहयोग गरेकी हुन् ।
सहयोग रकम हस्तान्तरणका लागि तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङको समेत उपस्थिति रहेको थियो ।