याकराङ । सिद्धिविनायक युवा क्लव इच्छाकामना ६ याकराङको आयोजनामा भएको स्वर्गीय सानु–सुमन स्मृतिकप–२०८० को उपाधी आईजीपी एफसीले हात पारेको छ । प्रतियोगिताको फाईनलमा आयोजक सिद्धिविनायक युवा क्लव याकराङलाई ३–० गोल अन्तरले हराउदै आईजीपी एफसीले जित हात पारेको हो ।

उपाधी जितसँगै आईजीपी एफसीले नगद ३० हजार, ट्रफी र मेडल पाएका छन् भने उपविजेता बनेको आयोजक सिद्धिविनायक युवा क्लवले भने नगद २० हजार, ट्रफी र मेडल पाएका छन् ।

खेल समाप्त पश्चात भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, विशिष्ट अतिथि उपाध्यक्ष माया सिलवाल लगायतका अतिथिहरुले विजेता र उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेको थियो ।


