Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ 

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ 

images

इच्छाकामना न्युज

३, कार्तिक २०८०
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ परेका छन् । पृथ्वीराजमार्ग हुदै मुग्लिनबाट आँबुखैरेनीतर्फ आउदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा तनहुँ रिसिङ गाउँपालिका ३ का वर्ष ३० को मिन बहादुर थापा मगर र रिसिङ गाउँपालिका २ बस्ने वर्ष २२ को पवन कुमार शाह रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लुकाईछिपाई ल्याएको डाइजापाम लेखिएको २ एमएलको सिसि ६९ थान, फेनारगन लेखिएको २ एमएलको सिसि ६९ थान र बुप्रेननुर्फिन लेखिएको २ एमएलको सिसि ६९ थान गरी २०७ थान अवैध लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । 

पक्राउ परेकाहरुलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताए ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - २०:५६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology