याकराङ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित याकराङमा जारी स्वर्गीय सानु–सुमन स्मृति कप २०८० को फाइनल खेल आज हुने भएको छ । असोज २८ गते घटस्थापनाको दिनदेखि सुरु भएको प्रतियोगिताको फाइनल आज हुन लागेको हो ।
आज बिहानै सेमिफाईनलका २ खेल खेलाई साँझपख फाईनल खेल खेलाउन लागिएको क्लवले जानकारी दिएको छ । सेमिफाईनलका लागि आइजिपी एफसिको विरुद्ध मुग्लिन ११ एफसि र सराथोक फुटबल क्लब विरुद्ध सिद्धिविनायक यूवा क्लब बिच हुनेछ ।