Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र हङकङ खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र हङकङ खेल्दै

images

इच्छाकामना न्युज

२, कार्तिक २०८०
त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र हङकङ खेल्दै
images

काठमाण्डौ । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ बजे सुरु हुनेछ। नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो।  

यसअघि नेपालले आफ्नोप पहिलो खेलमा बुधवार यूएईलाई ७ विकेटले पराजित गरेर सानदार सुरुआत गरेको थियो। कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराउन सक्यो।   टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो।

सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - ०८:१४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology