स्याङ्गदी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित स्याङ्गदी खोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र वडा नं. ७ का वडाध्यक्ष बम बहादुर थापा (विजय)ले संयुक्त रुपमा आज पुलको उद्घाटन गरिएको हो ।

करिब ३० लाख रुपैयाँको लागतमा निर्माण भएको पुलमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले श्रमदान गरेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाल सहित स्थानीयको टिमले यहि असार ९ गते देखि स्याङ्गदी खोलामा बेलिब्रिज निर्माणका लागि श्रमदान गरेका थिए । जनश्रमदान संस्कृतिलाई प्रोत्साहन गराउनका लागि भन्दै गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई नै सहभागी भएर श्रमदान गरेका दिए । पुलको निर्माण साउनमै सम्पन्न भएपनि उद्घाटन भने बुधबार मात्र भएको हो ।

पुल निर्माणको लागि लागेको करिब ३० लाख लागत मध्य १२ लाख रुपैयाँ इन्जिनियरिङमा, ६ लाख फिटिङ्गमा, ग्याविन जाली, दक्ष मिस्त्री, ढुवानी, मेसिन र ट्याक्टर भाडा खर्च लगायतमा ९ लाख र करिब ४ लाख रुपैया जनश्रमदान जुटाइएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो ।