Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशी सरकारबाट एमाले जतिसक्दो छिटो बाहिरिनुपर्छ : माओवादी नेता इन्द्रबहादुरआङ्बो

कोशी सरकारबाट एमाले जतिसक्दो छिटो बाहिरिनुपर्छ : माओवादी नेता इन्द्रबहादुरआङ्बो

इच्छाकामना न्युज

१, कार्तिक २०८०
कोशी सरकारबाट एमाले जतिसक्दो छिटो बाहिरिनुपर्छ : माओवादी नेता इन्द्रबहादुरआङ्बो
images

विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको बताए ।

images
images

मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए । माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले स्मरण गरे ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १९:४६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology