Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी–२० आई सिरिज आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल

टी–२० आई सिरिज आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
टी–२० आई सिरिज आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल
images

काठमाडौं । नेपाल, हङकङ र यूएईबीचको त्रिकोणात्मक टी–२० आई सिरिज आज (बुधबार)देखि सुरु हुँदैछ। पहिलो खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। 

खेल मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। नेपालले दोस्रो खेल कात्तिक २ गते (बिहीबार) हङकङसँग खेल्नेछ। 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको हो। डबल राउन्ड रोबिनमा हुने सिरिजका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल कात्तिक १० गते हुने छ।

नेपाल र यूएई एसोसियट क्रिकेटमा चिर प्रतिद्वन्द्वी हुन्। नेपाल घरेलु मैदानमा सुरुवाती जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छ। यस्तै, यूएई पनि पहिलो जित निकालेर सुखद् सुरुवातकै लक्ष्यका साथ मैदान उत्रिनेछ। 

टी–२० क्रिकेटमा नेपाल र यूएईबीच ५ पटक प्रतिस्पर्धा भएको छ। ५ खेलमध्ये यूएईले ३ खेलमा जित निकालेको छ। नेपाल २ खेलमा विजयी भएको छ। 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०७:५३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology