Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज नवरात्रीको चौथो दिन, कृष्माण्डा देवीको पुजा

आज नवरात्रीको चौथो दिन, कृष्माण्डा देवीको पुजा

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
आज नवरात्रीको चौथो दिन, कृष्माण्डा देवीको पुजा
images

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान चाड दशैं अन्तरगत आज नवरात्रको चौथो दिन माता कुष्माण्डा भगवतीको उपासना गर्दे पूजाआजा गरी मनाइन्छ ।

कृष्माण्डालाई सृष्टिको आदिस्वरूप र आदिशक्ति भनी पुकार्ने गरिन्छ । आश्विन शुक्लपक्षको चतुर्थी तिथिका दिन दुर्गा भगवतीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कृष्माण्डा देवीको पूजा आरधना हुने धार्मिक मान्यता छ । कृष्माण्डा भगवतीलाई संसारकी आदि माताको रुपमा पुकार्ने गरिन्छ ।

शास्त्रअनुसार ब्रह्माण्डको सृष्टि अगाडि चारैतर्फ अन्धकारमय थियो । सृष्टिविहीन आदिकालमा यिनले अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति गराएकाले यिनको नाम कृष्माण्डा रहन गएको धार्मिक विश्वास रहिआएको छ ।

कृष्माण्डको अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कृष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी यस्को बलि समेत चढाउने गरिन्छ ।

कृष्माण्डा भगवतीले आफ्ना आठ हातहरूमा क्रमशः दायाँतर्फ कमण्डलु, धनुष, वाण, कमलको फूल र बायाँतर्फ अमृतपूर्ण कलश, चक्र, गदा र आठौं हातमा सबै सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छन् । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय हुने मान्यता रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०७:५१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology