Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको याकराङ गाउँमा स्वर्गीय सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता सुरु, पहिलो दिन ५ खेल

इच्छाकामनाको याकराङ गाउँमा स्वर्गीय सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता सुरु, पहिलो दिन ५ खेल

images

इच्छाकामना न्युज

२९, आश्विन २०८०
इच्छाकामनाको याकराङ गाउँमा स्वर्गीय सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता सुरु, पहिलो दिन ५ खेल
images

जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित याकराङ गाउँमा फुटबल प्रतियोगिता सुरु भएको छ । सिद्धिविनायक युवा क्लव याकराङको आयोजनामा स्वर्गीय सानु सुमन स्मृति कप फुटबल प्रतियोगिता–२०८० आजदेखि सुरु भएको हो । 

क्लवका अध्यक्ष टक बहादुर गुरुङको सभापतित्वमा भएको प्रतियोगिताको समुद्घाटन समारोहमा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले खेलाडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

391684922_3640669162858839_698790372045601721_n.jpg

प्रतियोगिताको सुरु भएको पहिलो दिन आईतबार ५ खेल खेलाईएको थियो । जसमा पहिलो खेल ईच्छाकामना गाँउपालिका र सिद्धिविनायक यूवा क्लब याकराङ बिच भएको थियो । उक्त खेलमा इच्छाकामना गाउँपालिका ४–० गोल अन्तरले विजयी भएको छ ।

391722888_3640669039525518_1912403643954229438_n.jpg

यस्तै प्रतियोगिताको दोस्रो खेलमा आदर्श यूवा क्लबले मनकामना यूवा क्लब पाङ्गडेलाई ४–०, तेस्रो खेलमा मुग्लिन ११ले बेनीघाट रोराङलाई ३–०, चौथो खेलमा न्यू स्टार क्दज देविटारले योङ्ग स्टार क्लव मनकामनालाई १–२ र पाँचौ खेलमा सिद्धिविनायक यूवा क्लबले किटस्वरा एफसीलाई १–० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ ।

प्रतियोगीतामा ३२ टिम सहभागी रहेको क्लवले जानकारी दिएको छ । 

प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, प्रमाणपत्र, कप, र मेडल पाउनेछ भने उपविजेता टिमले नगद २० हजार, मेडल र प्रमाणपत्र पाउनेछ । साथै खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ०८:०८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology