Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकामा पहिलो पटक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकामा पहिलो पटक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न

प्रतियोगीतामा छात्रतर्फ दीर्घेश्वर र छात्रातर्फ रत्नेश्वर माविलाई उपाधी

इच्छाकामना न्युज

२७, आश्विन २०८०
गोरखाको गण्डकी गाउँपालिकामा पहिलो पटक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न
images

गोरखा । गण्डकी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ दीर्घेश्वर मावि फुजेल र छात्रातर्फ रत्नेश्वर मावि दर्बुङले जितेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ४ स्थित रत्नेश्वर माविको खेल मैदानमा बिहीबारदेखि भएको फुटबल प्रतियोगितामा पालिकाका माध्यमिकसम्म पढाईहुने ९ बिद्यालयको छात्र, छात्राको टिम सहभागी रहेको थियो ।

images
images

391728275_293848430104651_1783314203752614009_n1697296353.jpg

आज बिहान सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फ रत्नेश्वरले भगवती माविलाई ० विरुद्ध १ गोल अन्तरले हराउँदै उपाधी जितेको हो भने छात्रतर्फ दीर्घेश्वरले ज्ञानमार्ग माविलाई १ विरुद्ध ३ गोल अन्तरले हराउँदै उपाधी जितेको छ । प्रतियोगितामा छात्रतर्फ ज्ञानमार्ग मावि दोश्रो र भद्रकाली मा।बि तेस्रो भएको छ । त्यसैगरी छात्रातर्फ भगवती मावि दोस्रो र भैरवाश्रम मावि तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशस् ३० हजार, १५ हजार र ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यसैगरि प्रतियोगितामा छात्रातर्फ भैरवाश्रम माविकी रबिना बराम सर्वोत्कृष्ट खेलाडी र रत्नेश्वरकी पूजा थापाले उत्कृष्ट गोल रक्षकको पुरस्कार प्राप्त गरेका छन ।  छात्रतर्फ दीर्घेश्वरका अजिव गुरुङ सर्वोत्कृष्ट खेलाडी र ज्ञानमार्ग माविका कुशल श्रेष्ठले उत्कृष्ट गोल रक्षकको पुरस्कार प्राप्त गरे । भने छात्रातर्फ भगवती माविर छात्रतर्फ भद्रकाली माविले फेयर प्लेबाट पुरस्कृत भए । उनिहरुलाई आजै एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले पुरस्कार वितरण गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - २२:४७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology