Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको बरादीमा ६ वर्षीया बालिका माथि चितुवाको आक्रमण

आँबुखैरेनीको बरादीमा ६ वर्षीया बालिका माथि चितुवाको आक्रमण

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
आँबुखैरेनीको बरादीमा ६ वर्षीया बालिका माथि चितुवाको आक्रमण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा एक ६ वर्षीया बालिका माथि चितुवाको आक्रमण भएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा बालिका माथि आज साँझ करिब पौने ८ बजेतिर चितुवाको आक्रमण भएको हो । आक्रमणबाट स्थानीय प्रेम गौलीको छोरी प्रनिशा गौली घाईते भएको हो ।

चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी दश मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए ।

घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - २२:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology