Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजबाट सोह्रश्राद्ध सकिँदै, आइतबारबाट दुर्गा पक्ष आरम्भ हुने

आजबाट सोह्रश्राद्ध सकिँदै, आइतबारबाट दुर्गा पक्ष आरम्भ हुने

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
आजबाट सोह्रश्राद्ध सकिँदै, आइतबारबाट दुर्गा पक्ष आरम्भ हुने
images

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ । सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन औँसी श्राद्ध गरी यसको समापन गरिँदै छ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्झिएर सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैं सुरु हुन्छ । बडादशैं मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।यो वर्ष साउतमा अधिकमास परेकोले पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने पञ्चांङ्ग निर्णयक समितिले जनाएको छ । यो सँगै आइतबारबाट दुर्गा पक्षको आरम्भ हुन्छ । नौ दिनसम्म नव दुर्गाको पूजा आरधना गरी नवरात्री मनाइँन्छ । 

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १०:२५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology