Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनाको हात्तिबाङ माविलाई एक्सपर्ट एजुकेशनद्वारा खेलकुद सामग्री प्रदान

इच्छाकामनाको हात्तिबाङ माविलाई एक्सपर्ट एजुकेशनद्वारा खेलकुद सामग्री प्रदान

images

इच्छाकामना न्युज

२६, आश्विन २०८०
इच्छाकामनाको हात्तिबाङ माविलाई एक्सपर्ट एजुकेशनद्वारा खेलकुद सामग्री प्रदान
images

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि पौडेल (किरण)ले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले विद्यार्थीहरुलाई खेल्नका लागि फुटबल, भलिबल, क्रिकेट ब्याटबल, चेस, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलकुद सामग्री सहयोग गरेको हो ।

IMG_2677-1536x1024.jpg

एक्सपर्ट चितवनले संस्थाको २०औं वार्षिकोत्सव समारोहको अवसरमा उक्त विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले विद्यायलाई अतिआवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्न पाउँदा खुशी प्रकट गर्नुभयो । उहाँले विभिन्न अभावमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु आगामि दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

सो क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो । उहाँले शैक्षिक नतिजासंगै खेलकुद क्षेत्रमा यस विद्यायलले राम्रो नतिजा ल्याउने गरेको भन्दै अझै धेरै कुरामा सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले कम स्रोत र साधनको आधारमा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा दिलाउन प्रयासरत रहेको समेत बताउनुभयो ।

IMG_2711.jpg

एक्सपर्ट चितवनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २२:१५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology