Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इजरायलबाट फुटबलर सावित्रा नेपाल फर्किइन्

इजरायलबाट फुटबलर सावित्रा नेपाल फर्किइन्

images

इच्छाकामना न्युज

२५, आश्विन २०८०
इजरायलबाट फुटबलर सावित्रा नेपाल फर्किइन्
images

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल सावित्रा भण्डारी साम्बा इजरायलबाट फर्किएकी छिन् । इजरायलमा शनिबारदेखि हमासविरुद्धको कारबाही जारी रहेका कारण उनी नेपाल फर्किएकी हुन् ।

व्यवसायिक फुटबल खेल्नका लागि इजरायलमा रहेकी सावित्रा त्यहाँ सवै फुटबल गतिविधि बन्द भएपछि नेपाल फर्किएकी हुन् ।

सावित्रा क्लब रानानामा आवद्ध छिन् । उनी आवद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबलकै गतिविधि ठप्प भएपछि नेपाल फर्किएकी हुन् ।

उनलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको छ भने सबै गरेर २ हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ०७:५६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology