चीन । १९औँ एसियाली खेलकुद अन्तर्गत नेपालको पदकको टुङ्गो आज लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ ।
उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्ने छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बङ्गलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । तर अर्को खेलमा नेपाल इरानसित पराजित भएको थियो ।