Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माछाको आयात रोक्न माग गर्दैै चितवनका माछा व्यवसायीले गरे सांसद रवि लामिछानेको ध्यानाकर्षण

माछाको आयात रोक्न माग गर्दैै चितवनका माछा व्यवसायीले गरे सांसद रवि लामिछानेको ध्यानाकर्षण

images

इच्छाकामना न्युज

१६, आश्विन २०८०
माछाको आयात रोक्न माग गर्दैै चितवनका माछा व्यवसायीले गरे सांसद रवि लामिछानेको ध्यानाकर्षण
images

चितवन । मत्स्य व्यवसायी संघले आफ्ना समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।

संघको प्रतिनिधिमण्डलले आज सभापति लामिछानेलाई भेटेर किसान र व्यावसायीका समस्याबारे अवगत गराउँदै समन्वयका लागि आग्रह गरेको हो ।

प्रतिबन्धित मागुर जातको माछा र त्यसका भुराको निर्वाध आयात तत्काल रोक्नुपर्ने संघको माग छ । संघका प्रतिनिधिले माछाको अबैध आयातका कारण नेपाली किसान मारमा परिरहेको, सरकारी अनुमति बेगर पनि आयात भइरहेको, ओसारपसार अव्यवस्थित रहेको, दाना उत्पादनका लागि आवश्यक मिटमिल आयातमा रोक लगाइएकोलगायत विषयमा सभापति लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

माछा पोखरीमा पानी व्यवस्थापनका लागि प्रयोग हुने विद्युत्को शुल्क उद्योग सरह रहेको भन्दै संघले कृषिअन्र्तगत ल्याउने पहलको लागि पनि आग्रह गरेको छ ।

सभापति लामिछानेले संघका मागबारे आफू पहिलादेखि नै जानकार रहेको भन्दै अवैध आयात रोक्न सके मात्रै पनि किसानले ठूलो राहत पाउन सक्ने औंल्याए । मत्स्य किसान र व्यवसायीका माग सम्बोधनमा आवश्यक समन्वय गर्ने बताएका लामिछानेले विद्युत् शुल्कबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल परामर्श गर्ने पनि जानकारी पनि दिए ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १८:५५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology